पाणिनिको भानु माविमा पृथक शैलीमा विद्यालय सुधारको प्रयास, एकै अस्त्र मार्फ़त चौतर्फि प्रहारले सर्वचकित ।

-डिआरजी सुमन
मैदान,शुक्रवार , १३ माघ २०७९ ।

अर्घाखाँची । “हो मलाई राम्रोसँग थाहा छ तर त्यो मेरो पार्टी वाँ साथी होईन म उसलाई मान्दैन वरु इतिहास नै नष्ट गर्छु तर म उसलाई स्वीकार गर्दैन“ भन्ने सिद्धान्तलाई चरितार्थ गर्दै मैदानका दुई विद्यालयले अर्ध शताब्दीसम्म वार्षिकोत्सव ओझेल पार्न सफल भएका छन । पौराणिक वाँ परम्परागत दृष्टिकोणले विद्यालयलाई सरस्वतीको मन्दिरको रुपमा मान्यता दिएर विद्यालय व्यावस्थापन समितिले संरक्षण गर्दै आएको पाईन्छ ।

May be an image of 5 people and people standing

कुनैपनि संस्थाको स्थापना मिति र संस्थापक पदाधिकारी सार्वजनिक हुने गर्दछन तर यहाँ कतै यस्तो पनि भएको उदाहरण सार्वजनिक भएका छन जहाँ विद्यालय स्थापना भएको अर्ध शताब्दी पुग्दा पनि स्थापना मिति र संस्थापकको टुंगो नलाग्दा वार्षिकोत्सव नै मनाउन सकिएको अवस्था छैन तर संस्थापक र स्थापना मिती राजनीतिक पुर्वग्रहले ओझेल पारेको छ ।

May be an image of 8 people and people standing

अर्घाखाँचीको पाणिनि गाँउ पालिका वडा नं ५ मैदान (साविक मैदान गाविस वडा नं ५ अमिलेखोला) स्थित भानु माध्यमिक विद्यालय को संस्थापक र स्थापना मिति समेत स्पष्ट नभएको विषयले सार्वजनिक सभाको रुप लिएको छ ।

May be an image of 8 people and people standing

पाणिनि गाँउ पालिका वडा नं ५,स्थित भानु माध्यमिक विद्यालयले शुक्रवार विद्यालय सुधार योजना लगायतका कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेलाई प्रमुख अथिती,अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीव नारायण कोईराला,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेलाई विशिष्ट अतिथि तथा पाणिनि गाँउ पालिका वडा नं ५ का अध्यक्ष ईन्द्रमणि घिमिरे,स्थानीय राजनीतिक नेतृत्वकर्ता(पुर्व प्रधानपन्च वेदराज घिमिरे,पुर्व मैदान गाविस अध्यक्ष शालिकराम घिमिरे,पुर्व मैदान गाविस उपाध्यक्ष राम प्रसाद घिमिरे, लगायतलाई अथिती आशनग्रहरण गराएर

No photo description available.

विद्यालयका प्रधानाध्यापक जीवलाल पोखरेलले एक फरक शैलीमा जनतासामु नेताहरुसँग विद्यालयको स्थापना मिती र संस्थापकको आधिकारिकता वारे सार्वजनिक जवाब माँग गरेका छन ।

May be an image of 9 people and people standing

सामान्यतः औपचारिक कार्यक्रम दीप प्रज्वलन ,रिवन काट्ने वा व्यानर अनावरण लगायतका गतिविधिवाट उद्घाटन समारोह हुने गरेको भएता पनि यस विद्यालयमा भने फ़र्क़ शैलीवाट उद्घाटन समारोह सम्पन्न भएको छ ।

May be an image of 8 people and people standing

पाणिनि गाँउ पालिका वडा नं ५ स्थित भानु माध्यमिक विद्यालयको कक्षा एक मा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरि लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले कार्यक्रमको फरक सैलिमा उद्घाटन गरेका छन ।

May be an image of 9 people and people standing

पाणिनि गाँउ पालिका वडा नं ५ मा रहेका महत्वपूर्ण विद्यालय मध्येका दुई विद्यालयहरु श्री कृष्ण माध्यमिक विद्यालयको स्थापना वर्ष २०११ भएता पनि महिना र दिन सहित संस्थापकको आधिकारिकता स्पष्ट नभएको कारण स्थापना दिवस मनाउन संभव भएको छैन भने यता मैदान कै अमिलेखालामा रहेको भानु माध्यमिक विद्यालय को स्थापना मिती र संस्थापक नै अन्यौल छन ।

May be an image of 5 people and people standing

मुख्यतः पुर्व प्रधानपन्च वेदराज घिमिरे को एक पक्षले एकथरी विषयलाई पुस्टी गर्न खोजेको छ भने अर्कोंतर्फ राम प्रसाद घिमिरे सहितको समूह ले फ़र्क़ विषयलाई पुष्टि गर्न खोज्दा दुवै विद्यालयको संस्थापक र स्थापना मितिले नै आधिकारिकता नपाउदा दुवै विद्यालयको वार्षिकोत्सव मनाउने देखी अन्य महत्वपूर्ण कार्यक्रम रोकिएको पाईन्छ ।

May be an image of 4 people, people sitting and people standing

पाणिनि गाँउ पालिका वडा नं ५ भानु माध्यमिक विद्यालय मा भव्य सभा विच सार्वजनिक वहस भएता पनि एक नेतृत्वकर्ताले अर्कोको कटाक्ष गर्दैमा विना निष्कर्ष नै कार्यक्रम संपन्न भएको छ ।

 तस्वीर – डिआरजी सुमन  मैदान , अर्घाखाँची ।

थप तस्बिर-

No photo description available.

May be an image of 5 people and people standing

May be an image of 9 people and people standing

May be an image of 9 people and people standing