पाणिनिको मैदान वोहखोर दुर्गाफाँट सड़कको निर्माण हुदै, आगामी फागुन ३० सम्म वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध ।

No description available.

-डिआरजी सुमन,अर्घाखाची डट्कम। 

मैदान । मंगलवार १७ माघ २०७९ । पाणिनिको मैदान वोहखोर हुदै पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँट आवतजावत गर्ने सड़क एक महिना वन्द हुने भएकोले उक्तावधीमा वैकल्पिक सड़क प्रयोग गर्न निर्माण कम्पनीले सम्बन्धित सवैलाई अनुरोध गरेको छ ।

May be an image of 1 person and outdoors

पाणिनि गाँउ पालिका वडा नं ५ मैदान हुदै ढोरपाटन जोड्ने सड़क र पाणिनि गाँउ पालिका वडा नं ४ पटौटी हुदै गुल्मी फ़ास्ट ट्रैक हाईवे जोड़ने वैकल्पिक सड़क “मैदानको वोहखोर देखी पाणिनि गाँउपालिका” जोड्ने सड़कमा २०७९ माघ १७ मंगलवार देखी २०७९ फाल्गुन ३० गते मंगलवार सम्म पुर्ण रुपमा सड़क वन्द गरी जालि लगाउने कार्य संचालन गर्ने मिश्र निर्माण सेवा का प्रतिनिधि नमराज भूसालले वताउनु भएको छ ।

May be an image of outdoors

पाणिनि गाँउ पालिका वडा नं ५ वोहखोर देखी पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँट जोड्ने सड़कको वोहखोर चोकमै सड़क निर्माणको क्रममा मुख्य सड़क देखी अन्दाजी ५० मिटर तलदेखी जाली उठाउनै पर्ने भएकोले निर्माणा समयावधि भर वैकल्पिक सड़क मार्फ़त आवागमन गर्न अनुरोध गरिएको छ ।

May be an image of 2 people and outdoors

सड़क निर्माणावधीभर यस सडकमा साना ठुला कुनैपनि सवारी साधन नचल्ने अवस्था नभएकोले वैकल्पिक रुपमा दुर्गाफाँट – वोहखोर आवतजावत गर्न वोहखोर – मालिका हुदै वाँसका रुख र मैदान घाँसखोला हुदै त्रिवेणी भएर पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाँट आवागमन गर्न आग्रह गरिएको छ ।

– तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

May be an image of 1 person and outdoors

May be an image of outdoors