मैदानको आलमनगर स्थित नव निर्मित शिवालयमा शिवरात्रीमा भव्य समारोह विच मन्दिर उद्घाटन तथा मुर्ति भित्राउने ऐतिहासिक कलश यात्राको तयारी ।(तस्बिर सहित )

 

-डिआरजी सुमन, अर्घाखाची डट्कम। 

मैदान, वुधवार । ०३ फागुन २०७९ । अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ५ मैदान आलमनगरमा नव निर्मित शिवालय मंदिर भव्य समारोह विच शिवरात्रि मनाउने तयारीमा रहेको वताईएको छ ।

May be an image of outdoors and tree

नव निर्मित शिवालय मन्दिर निर्माण समिति र स्थानीय नागरिकको आर्थिक तथा भौतिक सहयोगवाट निर्माण सम्पन्न भएको स्थानीय मन्दिर निर्माण पहलकर्ता तथा कृष्ण मावि का शिक्षक भोजराज घिमिरेले वताउनु भएको छ ।

May be an image of 1 person, outdoors and tree

विश्व आर्थिक मन्दीमा परिरहेको परिवेशमा पनि आध्यात्मिक मन भए धार्मिक सहयोग संभव छ भन्ने विषयलाई चरितार्थ प्रस्तुत गर्दै काठमांडू स्थित एक व्यावसायि राज कुमार मल्ले आलमनगर स्थित शिवालय मंदिरको लागी मुर्ति-शिवलिंग, वसाहा-नन्दी सहित का भौतिक र आर्थिक सहयोग गरेको मन्दिर व्यावस्थापन समितिले जनाएको छ । स्थानीय तथा वह्य सहयोगीहरुवाट आर्थिक वाँ भौतिक सहयोग संकलन भएकै कारण निर्धारित समयमै आकर्षक मन्दिर निर्माण संभव भएको वताईएको छ । मैदानको आलमनगरमा स्थापित शिवालय मन्दिर को निर्माण कार्यमा सहयोग गर्ने दाताहरु को नामावली उल्लेखगरी ताम्रपत्र मन्दिर परिसरमा राख्ने तयारी भएको समितिले वताएको छ ।

May be an image of outdoors and tree

मैदानको आलमनगरमा हालै सम्पन्न शिवालयमा आगामी शिवरात्रि अर्थात् फागुन ६ गते शनिवार विशेष कार्यक्रम विच मुर्ति/शिवलिंग भित्राउने कार्यक्रम रहेको मन्दिर व्यावस्थापन समितिका सह-सचिव दीपक वेल्वासेलाई उद्धृत गर्दै स्थानीय भोजराज घिमिरेले वताउनु भएको छ । आगामी शिवरात्रिको दिन मैदानको उपल्ला गाँउ स्थित मालिका मन्दिर देखी पन्चेवाजा वजाउदै भव्य समारोह विच कलश यात्रा निकाली भजन कीर्तन सहित नव निर्मित मन्दिरमा शिवलिंग प्रवेश ग़राउने कार्यक्रम रहेको छ । शिवरात्रिको दिन रुद्राभिषेक,शिव महिमा प्रवचन तथा भजन कीर्तन गरिने भएको छ ।

May be an image of tree and outdoors

पाणिनि गाँउ पालिका वडा नं ५ आलमनगरमा स्थित पर्यटकीय सौन्दर्यताले भरिएको नवनिर्मित शिवालय मन्दिर परिसरमा भव्य समारोह विच धार्मिक कार्यक्रम गरिने भएको छ । ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिएको यस मन्दिरलाई पाणिनि कै उत्कृष्ट शिवालय मन्दिर को रुपमा परिचित गराउने गरी कार्यक्रम आयोजना गरिएको वताउदै मानवमा आध्यात्मिक इच्छा शक्ति भयोभने धार्मिक स्थल निर्माण र विकास असम्भव केही छैन भन्ने प्रमाणित भएको छ भन्ने उदाहरण पुष्टिभएको घिमिरे वताउछन ।

May be an image of outdoors and tree

देश विदेशमा प्रचार प्रसार तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र यथार्थ वस्तुस्थिति सार्वजनिक क्षेत्रमा प्रवाह गर्न संचार माध्यम र संचारकर्मिको महत्वपूर्ण भूमिका रहने वताउदै यस मन्दिरको लागी पचार प्रसारमा जुट्ने पत्रकार र मिडिया हाँउसलाई सम्मान गर्न समिति तयार रहेको वताईएको छ ।

May be an image of 1 person, outdoors and tree

आगामी शनिवार शिवरात्रिको दिन पाणिनि गाँउ पालिका वडा नं ५ आलमनगरमा नव निर्मित मन्दिरमा आयोजित कार्यक्रममा कलश यात्रा र पुजाआजामा सहभागिता जनाउन सर्वत्र आग्रह गरिएको छ ।

 

 तस्वीर : डिआरजी सुमन/मैदान-अर्घाखाँची ।

May be an image of outdoors and tree

May be an image of 1 person, outdoors and tree

May be an image of outdoors and tree