पाणिनिको दुर्गाफाँटमा शिवरात्रि महोत्सवको तयारी, राष्ट्रीय कलाकारको प्रस्तुति सहित दुर्वाशेश्वर गुफामा भव्य पुजाआजा ।

 

-डिआरजी सुमन,अर्घाखाची डट्कम। 

दुर्गाफाँट, विहिवार ४ फागुन २०७९ । अर्घाखाँची । “अर्घाखाँचीको सौन्दर्यता हाम्रो शान पर्यटन परिवर्द्धनमा हाम्रो अभियान”मुख्य नारा वनाएर पाणिनि गाँउ पालिका मा क्रियाशीलता जनाएको पाणिनि पर्यटन समाजले आगामी शनिवार शिवरात्रिको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । पाणिनिको दुर्गाफाँटमा शिवरात्रिको अवसरमा छैठौ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सव गरिने भएको छ । पाणिनि पर्यटन समाज को आयोजनामा विगत केही वर्षदेखी निरन्तर रुपमा मनाईदै आएको शिवरात्रि मेलाले यस पटक पनि क्रम जारी राखेको छ ।

May be an image of 11 people, people standing and people sitting

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाटमा साङ्गितिक कार्यक्रममा सहभागी हुन चर्चित लोकदोहोरी गायक कुशल बेल्वासे,गायिका मन्जु भटराई,गायक बिजय सुनाम,तिलक बेल्बासे,गायिका रुकमिणा बेल्बासे,गायक घनस्याम भट्टराई,उद्घोषक बिकाश भट्टराई साथमा स्थानिय नृत्य झाकी भजन कृतन गरिने आयोजकले जनाएको छ ।

May be an image of 12 people and text

पाणिनि गाँउ पालिकाको केन्द्र दुर्वाशेश्वर परिसरमा आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको उल्लेखनीय उपस्थित हुने भएकोले शिवरात्रिमा मेला आयोजना गरिएको पाणिनि पर्यटन समाजका उपाध्यक्ष ध्रुवराज घिमिरेले वताउनु भएको छ । पाणिनि गाँउ पालिकाको समग्र विकासमा टेवा पुर्याउदै समृद्ध पाणिनि वनाउने योजनामै छौ आन्तरिक तथा वाह्य पर्यटकको मुख्य गन्तव्य वन्ने संभावना वोकेको पाणिनि तपोभूमि नरपानी पदमार्गमा निकटतम समयमै विशेष यात्राको तयारीमा भएकै कारण एकदिवसीय महोत्सव आयोजना गरिएको पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनामले वताउनु भएको छ ।

May be an image of 9 people, people standing and indoor

पाणिनि गाँउ पालिका को सह आयोजना र पाणिनि पर्यटन समाज को आयोजनामा एकदिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था पाणिनि पर्यटन समाज ले अर्घाखाँची डटकम व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमनसँग वताएको छ ।

 

तस्वीर- डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

May be an image of 11 people, people standing and people sitting

May be an image of 12 people and text

May be an image of 9 people, people standing and indoor