कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह

 

 

-अनिल नेपाली, अर्घाखाची डट्कम।

अर्घाखाँची।  वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ।

May be an image of cloud

देशैभरमा आठौँ स्थानमा पर्न सफल भएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन नतिजा सार्वजनिक गरेकोमा सन्धिखर्क नगरपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सन्धिखर्क नगरपालिका ७५.००७५अंक प्राप्त गर्दै अर्घाखाँची जिल्लामा प्रथम र देशैभरीका ७५३ स्थानीय तहहरू मध्ये आठौँ स्थानमा पर्न सफल भएको छ ।

No description available.

images

बजेट निर्माण तथा कार्यान्वयन, राजस्व संकलन तथा व्यवस्थापन, पूंजीगत खर्चको अवस्था, वित्तीय अनुशासनको अवस्था, पारदर्शिता लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित १७ वटा मूख्य सूचकको मूल्याङ्कन तथा परीक्षण गरी ७५३ वटै स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो ।

images

स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबाट प्राप्त हुने नतिजालाई वित्त आयोगले संघीय संचित कोष र प्रदेश संचित कोषबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादनको आधारमा उपलब्ध गराईने अनुदान सिफारिसको लागि उपयोग गर्दछ ।

Welcome to Sandhikharka Municipality | Sandhikharka Municipality

images

 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा हिजो सार्वजनिक गरिएको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनका आधारमा अर्घाखाँची जिल्लाका अन्य स्थानीय तहहरूमध्ये शितगङ्गा नगरपालिकाले ७१.१२ अंक प्राप्त गर्दै द्वितीय पाणिनी गाउँपालिकाले ६६.१२ अंक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

मालारानी गाउँपालिकाले ६४.००८, भूमिकास्थान नगरपालिकाले ६१.०४४७ र छत्रदेव गाउँपालिकाले ५७.०२११ अंक प्राप्त गरेका छन् ।

Nepal life insurance

 

No description available.