राष्ट्रपति चुनावबारे छलफल गर्न माअ‍ोवादीको पदाधिकारी बैठक सुरु

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ । माओवादीको यो धारणाले सत्ता सहयात्री दल नेकपा एमाले झस्किएको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।