
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा आज साँझसम्म सहमति जुट्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले आज साँझ बस्ने बैठकमा सहमति जुट्ने बताएका हुन् ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेको नाममा सहमति भइसकेको तर साँझ बस्ने बैठकले उक्त सहमतिलाई औपचारिकता मात्रै दिने उनको भनाइ छ । आज साँझ बस्ने नेपाली काँग्रेससहितको पाँच दलको बैठक बस्दै छ ।



