राष्ट्रपति चुनावका लागि कार्यदल गठन गर्ने आठ दलको निर्णय, सांसदलाई अभिमुखीकरण तालिम दिने

काठमाडौं।आठ दलीय गठबन्धनले आफना सांसदहरुलाई अभिमुखीकरण तालिम दिने भएको छ।

प्रधानमन्त्री निवासमा दोस्रो पटक बसेको बैठकले संघदेखि प्रदेशसम्मका आफना सांसदहरुलाई अभिमुखीकरण तालिम दिने निर्णय गरेको हो।

राष्ट्रपति चुनावका लागि कार्यदल गठन गर्ने आठ दलको निर्णय, सांसदलाई अभिमुखीकरण तालिम दिने

बैठकले  राष्ट्रपति चुनावका लागि  फागुन १८ गते आफना सांसदहरुलाई अभिमुखीकरण तालिम दिने निर्णय गरेको हो।

सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौं आउन निर्देशन दिएको छ। राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यस्तै राष्ट्रपति निर्वाचनका लागि आठ दलका एक-एक जना प्रतिनिधि रहने गरी एक कार्यदल बनाउने र त्यसले निर्वाचन कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने समझदारी भएको छ।

राष्ट्रपतिमा कांग्रेस उम्मेवारलाई समर्थन गर्ने निर्णय गरेपछि बसेको पहिलो बैठकमा समसमायिक राजनीतिक कुराकानी भए पनि थप कुराकानी नभएको नेताहरुले जनाएका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताको उपस्थिति रहेको थियो। गत शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो।