मिसन ग्रासरूट: नेकपा (एमाले) पाणिनि गाउपालिका कमिटीको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

 

-सिद्धार्थ के. सी, पाणिनी दुर्गाफाट।

 पाणिनी दुर्गाफाट – मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) पाणिनि गाउपालिका कमिटीको आयोजनामा पालिका तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सचिव टोपबहादुर रायमाझी,केन्द्रीय कमिटी सदस्य दिनेश पन्थी,लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सदस्यहरु प्रेमनारायण गैरे,बिजुला रायमाझी,काशिराम आचार्य,गोबर्धन थापा,प्रदेश सल्लाहकार परिषद सदस्य ईश्वरी प्रसाद खनाल,जिल्ला कमिटी उपसचिव भिम केसी,पालिका इन्चार्ज टेकराज न्यौपाने लगायतले मिसन ग्रासरुट अभियान पालिका तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।

No description available.

पालिका कमिटी अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, सचिब गुनाखार अधिकारीको संचालनमा भएको अभिमुखिकरण कार्यक्रम तथा बैठकले फागुन २०,२१ र २३ गते वडा तहको अभिमुखीकरण गर्ने गरि पालिका वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।