आठ दलका सांसदलाई कांग्रेसको अभिमुखीकरण, राष्ट्रपति निर्वाचन जित्ने मुख्य उद्देश्य

 

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो उमेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन सांसदहरुको भेला आयोजना गर्ने भएको छ।

आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उमेदवार बनेभएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन सबै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुलाई आज संयुक्त भेला गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ।

आठ दलका सांसदलाई कांग्रेसको अभिमुखीकरण, राष्ट्रपति निर्वाचन जित्ने मुख्य  उद्देश्य

कांग्रेसले यो भेलालाई राष्ट्रपति निर्वाचन अभिमुखिकरण कार्यक्रम नाम दिएको छ। भेलामा आठ दलीय गठबन्धनका संवै सांसदहरु उपस्थिति हुन नेपाली काँग्रेसले आग्रह गरेको छ।

भेलामा सहभागी सांसदहरुलाई ८ दलीय गठवबन्धनका शीर्ष नेताहरुले संवोधन गर्ने छन्। त्यसैगरी कांग्रेसले आठ दलका प्रदेशसभा सदस्यहरुसँग पनि अन्तरक्रिया एवम् अभिमुखिकरण कार्यक्रम गर्ने जनाएको छ।

नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बन्नु भएका नेता पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।