मिसन ग्रासरूट अभियान २०७९ : मालारानी गाउँपालिका वडा नं. ४ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न

 

spot_img

-केशब पन्थी , अर्घाखाची डट्कम।

नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत मालारानी गाउँपालिका वडा नं. ४ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रममा पार्टी पाेलिटब्युराे सदस्य अभियानका केन्द्रीय प्रतिनिधि क. सुर्य थापाकाे प्रमुख आतिथ्यता रहेको थियो।

No description available.

यसैगरी कार्यक्रममा   पार्टी जिल्ला कमिटी अध्यक्ष क. पीताम्बर भुसाल, सचिव क. ताेजबहादुर रायमाझी, कार्यालय सचिव क. लिलबहादुर बि.क., जिल्ला कमिटी सदस्यहरू क. बालकृष्ण आचार्य क. गंगाराम खनाल, क. मुनाल खड्का, क. बिष्णु आचार्य, जिल्ला जेष्ठ कम्युनिष्ट मंचका सचिव क. पर्सुराम पाेख्रेल, पालिका कमिटी उपसचिव/ गाउँपालिका उपाध्यक्ष क. दिपा पाेख्रेल, जिल्ला सल्लाहकार परिषद सदस्य, प्रदेश क्षेत्रीय समन्वय कमिटीका सदस्यहरू, पालिका कमिटीका सदस्यहरूकाे आतिथ्यता वडा कमिटीका सदस्यहरू, जनसंगठनका वडा स्तरीय पदाधिकारी, टाेल कमिटीका पदाधिकारीहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमबाट टाेल स्तरीय कार्ययाेजना निर्माण समेत गरेकाे छ ।