मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियोः केपी ओली

spot_img

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन्।

आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन्।

मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियोः केपी ओली

३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिप मदन भण्डारी र जीवराज आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटनामा परेको र दुवै जनाको मृत्यु भएको घटनालाई नेपालको राजनीतिमा रहस्यमय मानिँदै आएको छ।

भण्डारी र आश्रितको हत्या भएको भन्दै आयोग बनाएर छानबिन गर्न माग गर्दा २१ जनालाई गोली हानेर मारेको अध्यक्ष ओलीको भनाइ छ।

बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी भएको कटाक्ष गर्दै अध्यक्ष ओलीको कटाक्ष थियो।डीसी नेपालले उल्लेख गरेको छ।