नाै दलकाे निर्णय : संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने , सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि (सयुक्त प्रेस बिज्ञप्ती सहित )

spot_img

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक सकिएको छ ।

पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको नेपाली कांग्रेकास प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको लेखकले जानकारी दिएका छन् । उनले दुर्गा प्रसाईंले गरेका गतिविधितर्फ संकेत गर्दै यस्तो बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लगिने लेखकले बताए । पीडित परिवारलाई ध्यान दिए र कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने बैठकको निर्णय भएको उनले बताए ।

९ दलको प्रतिबद्धता : संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्छौं

अदालतले प्रधानमन्त्रीविरुद्धको रिट दर्ता गर्न अनुमति दिएको विषयमा के भयो बैठकमा भन्ने प्रश्नमा उनले भने, ‘अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्छ भन्ने हामीलाई विश्वास लागेको छ । संक्रमणकालीन विषय भएको भनेको सबैको साझा विषय हो नि ।’

उनले सत्ता बाँडफाँटकाे विषय राष्ट्रपतिकाे निर्वाचनपछि छलफल हुने बताए ।नेपाल प्रेसले उल्लेख गरेको छ।

सयुक्त प्रेस बिज्ञप्ती :