जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको बताउनुभयो ।

अब नेपालको पर्यटन नेपालीपनको हुने उहाँले घोषणा समेत गर्नुभयो । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उहाँको भनाई थियो । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिकै अभाव देखिएको बताउनुभयो ।मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि त्यसको अध्ययन, अनुसन्धान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।








