निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो ।

EC calls for registering parties for by-election - myRepublica - The New  York Times Partner, Latest news of Nepal in English, Latest News Articles

दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ । चितवन क्षेत्र नं. २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

आयोगद्वारा प्रकाशित सूचना हेर्नुहोस् :