पाणिनिमा महिला सशक्तिकरण,नेतृत्व विकास तथा सकरात्मक सोच अभिवृद्धि सम्बन्धित तीन दिने प्रशिक्षण कार्यक्रम उद्घाटन ।(तस्बिर सहित )


-डिआरजी सुमन,
दुर्गाफाँट अर्घाखाँची । पाणिनि गाँउ पालिका स्थित सवै वडावाट प्रतिनिधित्व हुनेगरी छनौटमा परेका महिलालाई नेता र नेतृत्वको बारेमा छलफल गर्दै नेतृत्व तथा क्षमता विकास गर्ने सीपहरुवारे

May be an image of 3 people, people standing, people sitting and indoor

जानकारी प्रदान गर्ने,नेतृत्वका प्रकारवारे छलफल र अन्तरक्रिया गर्दै बिशेषताहरु पहिचान गर्ने,सफल नेताका गुणहरूवारे छलफल गर्ने असल नेतामा हुनुपर्ने गुणहरुको पहिचान गर्ने,सकारात्मक

May be an image of 8 people, people sitting and people standing

सोच विकास गर्ने तरिकाहरुवारे छलफल गर्ने,सकारात्मक सोंचवाट हुने फाइदा तथा सकारात्मक सोच बढाउने तरिकावारे छलफल गर्ने,नेतृत्वले सम्झनु पर्ने कुरा र खुशी रहने उपायहरु वारे सामुहिक अन्तरक्रिया गर्दै समान धारणाको विकास गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ ।

May be an image of 5 people and indoor

पाणिनि गाँउ पालिका को सभाहलमा अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीव नारायण कोईराला द्वारा व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रमको मुख्य उद्देश्य आम महिलालाई नेतृत्व विकास तालीम मार्फ़त सामाजिक नेतृत्वमा अगाड़ी वढाउने रहेको पाणिनि गाँ

May be an image of 12 people, people standing and people sitting

पाणिनि गाँउ पालिका स्थित जन निर्वाचित महिला नेतृहरु सहित स्थानीय अगुवा महिलाहरुको सहभागिता रहेको तालिममा प्रशिक्षकको रूपमा रोमकान्त घिमिरे र प्रेम नारायण गैरे रहनु भएको छ ।

May be an image of 6 people and people standing

पाणिनि पालिका को लैंगिक समानता तथा सामाजिक समावेशी कार्यक्रमका लागी विनियोजित वजेट मार्फ़त युनिक भिजन नेपाल पाणिनी ३, दुर्गाफाट संस्थाको सहजीकरणमा तीन दिवशीय

May be an image of 8 people, people standing and people sitting

महिला सशक्तिकरण, नेतृत्व विकास तथा सकारात्मक सोंच निर्माण सम्बन्धि तालिम २०७९ चैत्र ८ देखि १० गते सम्म विहान १० वजेदेखी साँझ ०४ वजे सम्म तालीम संचालन रहने युनिक भिजन नेपालका अध्यक्ष सागर पोख्रेलले जानकारी गराउनु भएको छ ।

May be an image of 6 people and people sitting

तालीम पाणिनि गाँउ पालिका को सभाहलमा संचालन भएको हो ।

थप तस्वीर-डिआरजी सुमन,दुर्गाफाँट अर्घाखाँची ।

May be an image of 7 people, people sitting and people standing

May be an image of 10 people, people sitting and people standing

May be an image of 5 people, people standing, people sitting and indoor

May be an image of 5 people, people standing and indoor

May be an image of 1 person, sitting and indoor

May be an image of 3 people, people standing, people sitting and indoor