छत्रदेव गाउपालिकाले किसानद्वारा उत्पादन गरेको बस्तु बुटवल सम्म निशुल्क ढुवानी गर्ने

 

अस्लम अलि छत्रदेव

छत्रदेव गाउँपालिकाले किसानले उत्पादन गरेको सम्पुर्ण तरकारीको आगामी बैशाख देखि बजारीकरणको सुनिश्चितता सहित हप्ताको ३ वटा गाडिद्वारा फरक फरक रुटबाट बुटवल सम्मको ढुवानी पुर्णतः निशुल्क गर्ने भएको छ।

यो सङ्गै अब छत्रदेव भित्र उत्पादन गरेको गुन्द्रुक, तितौरा, चुक, तरकारी लगायत कृषि तथा खाद्य बस्तुको बुटवल सम्म निशुल्क ढुवानी सहित बजारिकरण गर्न सहयोग पुग्ने किसानअहरुले आशा राखेका छन ।
पालिकाले ब्यबसायिक खेती गर्दै आएका किसानहरुको जीवन यापन शहज र उनिहरुको उत्पादन सजिलै बजार सम्म पुग्ने बातावरण बनाउन लागिपरेको जनाएको छ् ।

अन्य समाचारहरु