

काठमाडौँ – महोत्तरीको बर्दिबासबाट पैदल हिडेरै काठमाडौँ आइपुगेका मिटरब्याज पिडितहरुलाई काठमाडौँ महानगरपालिकाले खुल्लामञ्च प्रवेशमा रोक लगाएको छ ।

राजधानी आउँदै गरेका मिटरब्याज पीडित आज काठमाडौँ आइपुगेका छन् । आइतबार काठमाडौँ आईपुगेका उनीहरु आज मातातिर्थदेखि मार्च गर्दै खुल्लामञ्च पुगेका थिए ।

पिडितहरुले खुल्लामञ्च मार्च गर्ने र त्यही नै रात कटाउने योजना बनाएका छन् । तर काठमाडौँ महानगरले खुल्लामञ्चको मूल गेट नै बन्द गरेर उनीहरुलाई खुल्लामञ्चमा प्रवेश रोक लगाएका हो ।

खुल्लामञ्च भित्र जान नदिएसम्म खुल्लामञ्च बाहिर नै धर्ना दिएर बसेका छन् । उनीहरु ११ दिन पैदलयात्रा गरेर आइतबार राजधानी आइपुगेका हुन्।
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका पीडितहरू चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरि हुँदै काठमाडौं आइपुगेका सिरहाको औरही–४ का पीडित मनोज पासवानले बताए। उनका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, झापा र खोटाङ जिल्लाका ७२ जना पीडितहरू काठमाडौं आइपुगेका हुन्।
तस्बिर – अर्थसन्जाल
वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।






