नारायणकाजीलाई गृह मन्त्रालयको जिम्मेवारी दिने पक्का

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिने पक्का भएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागेका छन्। माओवादी भित्रका अन्य मन्त्रीको जिम्मेवारी हेरफेर गर्न आन्तरिक छलफल चलिरहेको छ। माओवादी केन्द्रबाट श्रेष्ठसहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी छन्।

यस अगाडि श्रेष्ठले गृहमन्त्रालय लिने तयारी भएपनि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए। आफूले चाहेको मन्त्रालय नपाएपछि सपथ ग्रहणपश्चात पनि केही दिन उनी मन्त्रालय गएका थिएनन्। श्रेष्ठले यस अगाडि नै गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

Comeback of Narayan Kaji Shrestha as Deputy Prime Minister for the third term - Nepal Live Today Nepal Live Today

दलहरूबीच भएको सहमतिअनुसार गृह मन्त्रालय सरकारको नेतृत्व दल माओवादीले राख्ने सहमति भएको माओवादीका एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार गृह माओवादीले लिएकाले अर्थ मन्त्रालय भने कांग्रेसलाई दिइनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीले लिएको छ।