स्वर्णिम वाग्लेपछि रमेश खरेल रास्वपामा, चितवन २ मा रवि उठ्ने निश्चित

 

काठमाडौँ- अर्थविद् स्वर्णिम वाग्लेपछि पूर्वडीआईजी रमेश खरेल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन्।रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा बिहीबार राति सार्वजनिक गरेको हो।बारा २ बाट अब खरेल रास्वपा उम्मेदवार हुने करिब पक्का भएको छ। त्यहाँका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ।

The Nepali Post : Nepal's No 1 English News Portal | English News from Nepal | Online News Portal News | Former DIG Ramesh Kharel Announcing New Party Today

उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ।

तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ। तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ।

तनहुँ १ मा कांग्रेसले गोविन्दराज भट्टराईलाई उठाउने भएको छ। एमालेले काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई उठाउने सम्भावना बलियो छ।

चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन्।

रमेश खरेलको नेपाल सुशासन पार्टीले जित्यो एक वडाध्यक्ष

४ मंसिरको चुनावमा फराकिलो मतसहित निर्वाचित लामिछानेले नागरकिता विवादमा माघ १३ गते सांसद र मन्त्री पद दुवै गुमाएका थिए।

चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उठाउने भएको छ। एमालेबाट रामप्रसाद न्यौपानेसहित तीनजनाको नाम चर्चामा छ। तर उम्मेदवार तय भइसकेको छैन।

बारा २ मा उपचुनाव लड्ने तयारीमा रहेका खरेल ४ मंसिरमा भएको चुनावमा काठमाडौं १ बाट पराजित भएका थिए।

बारा २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपति भएका छन्। त्यहाँ खरेल उठ्ने भएपछि चुनावी भिडन्त रोचक हुने भएको छ।

बारा २ मा जसपाबाट उपेन्द्र यादव, जनमतबाट रामसहायसँग मंसिरमा झिनो मतले पराजित शिवचन्द्र कुशवाहा र लोसपाबाट राजेन्द्र महतो लड्ने पक्का जस्तै छ। अब खरेल पनि थपिएपछि चुनावी प्रतिस्पर्धा कडा हने देखिएको छ।

यस्तो छ प्रारम्भिक नामावली :