गगन ,शेखर समूहले नाम नदिएपछि, कांग्रेसबाट ४ मन्त्रीले शपथ लिँदै

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम लगभग फाइनल गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याउनु भएकाे हाे ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ । जसअनुसार आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् ।