लुम्बिनी प्रदेश सभा : लुम्बिनी प्रदेश सभाको साताैं बैठक आज बस्दै

लुम्बिनी  । लुम्बिनी प्रदेश सभाको पहिलाे अधिवेशनकाे साताैं बैठक साेमबार दिउँसाे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले यहि चैत १६ गते एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने जनाएकाे हाे । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक बस्न लागेकाे हाे ।

लुम्बिनीमा सभामुख चयनको बाटो खुल्यो - पूजा पन्थी :: Baahrakhari

साेमबार बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विशेष समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेश गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेससहित अन्य दलले मुख्यमन्त्री गिरीको राजीनामा माग्ने तयारी समेत गरेका छन् ।

यता लुम्बिनीमा नेकपा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, नेकपा माओवादीसहितका ८ दलले समर्थन फिर्ता लिइसकेकाले छन् । जसका कारण लुम्बिनी प्रदेश सरकार अल्पमत परेकाे छ ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

अन्य समाचारहरु