लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छः पूर्वराजा ज्ञानेन्द्र शाह

झापा – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले सामाजिक संरचनालाई च्यात्ने काम भइरहेको बताएका छन्।

पछिल्लो समय सार्वजनिक अभिव्यक्ति नदिइ भेटघाटलाई मात्र तीब्रता दिएका पूर्वराजा शाहले सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पद र लोभ देखाएर सामाजिक संरचना च्यात्ने काम भइरहेको बताए।

धन, पद, कद दिएर र लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छः पूर्वराजा ज्ञानेन्द्र शाह

इनरुवमा उनलाई नागरिक अभिनन्दन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने, ‘कसैलाई मन, कसैलाई धन र कसैलाई पद दिएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ।’

देशमा स्थायीत्व र स्थिरता सही राज्यपद्धतिले मात्र दिनसक्ने उनले बताए। आलटाल, फेरबदल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने उनको भनाइ थियो।