खाचिकोटका थापा बिरुद्द अख्तियारमा उजुरी ,आबस्यक कारबाहीको लागी अख्तियारले सन्धिखर्क नगरलाइ पठायो पत्र ( विवरण सहित )

-अर्घाखाची डट्कम ,सम्बाददाता ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले खांचिकोटका पुर्व शिक्षक तथा देउराली मन्दिर संरक्षण समितिका सदस्य गणेश थापा बिरुद्द परेको भ्रष्टाचार सम्बन्धी उजुरी माथी आबस्यक छानबिन गरि कारबाही गर्न र सो को बिवरण लेखी पठाउन सन्धिखर्क नगरपालिकालाइ आदेश गरेको छ ।

No description available.

कार्यालयको फागुन २८ को बैठकको निर्णय अनुसार थापाबिरुद्दको उजुरी सम्बन्धी सम्बन्धित पालिकालाइ आबस्यक कारबाही गरेर लिखित जानकारी दिन भनिएको छ । थापा बिरुद्द मन्दिरको भेटी , खानेपानी , बिद्यालय , जस्ता क्षेत्रमा आर्थिक अपचलन गरेको बिषयमा अख्तियारको बुटवल कार्यालयमा उजुरी परेको थियो ।अख्तियारले पत्रमा उल्लेख गरेको छ ।

थापाले मन्दिरको गुरुयोजना तयार गर्न भनी ९ लाख रुपैया लगेर गुरुयोजना तयार नगराएको। ब्यक्तिगत टिप्पर किन्ने योजनामा १६ बर्ष अघि मन्दिरको भेटिबाट तमसुक गरि लगेको २ लाख ५० हजार रकम नतिरेको।

म्यु डांडां सिताचुली सामुदायिक बनको अध्यक्ष रहदा आदर्शमाबिको भवन बनाउदा जिल्ला बन कार्यालय अर्घाखाँची बाट सालको काठ ल्याई बेचबिखन गरेर स्कुलमा कु काठ प्रयोग गरेको ।

पंचासे बराथुम लिफ्टिङ्ग खानेपानी योजनामा प्रती घरधुरी २ हजारका दरले रकम उठाइ हिनामिना गरेको जस्ता बिषयमा उजुरी परेको अख्तियारको पत्रमा उल्लेख गरिएको छ ।

अख्तियार कार्यालयमा आएको उक्त उजुरिउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ९ अनुसार सम्बन्धित निकायलाइ लेखी पठाउन सकिने ब्यबस्था अनुसार अख्तियारले उक्त उजुरी उपर छानबिन गर्ने जिम्मा सन्धिखर्क नगरपालिकालाई दिएको हो ।

यो पत्र प्राप्त भए संगै नगरपालिकाले आबस्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यस्तो छ कार्बाहीको लागी अख्तियारले लेखेको पत्र :

No description available.

No description available.

के छ त कानुनी प्रक्रिया, के भन्छ कानुन ?

यदी थापा दोषी करार साबित भएको खण्डमा उनलाई निम्न बमोजिम सजाय हुन सक्नेछ ,यस्तो छ कानुन प्रकृया :

No description available.

 

No description available.

अन्य समाचारहरु