न्यायाधीश फुयालको आदेशः रविलाई कम्तिमा पाँच वर्ष ढुक्क (पूर्ण पाठसहित)

काठमाडौँ – राहदानी दुरुपयोगमा रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेशको ढोका बन्द गरिदिएको छ।

Nepal's Dy PM resigns after Supreme Court nullifies his citizenship | World News,The Indian Express

बुधबार युवराज सफलले चैत ६ गते लामिछानेविरुद्ध मुद्दा नचलाउने भनि महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश फुयालले कारण देखाउ आदेश जारी गरेका हुन्।

दोहोरो पासपोर्ट लिएको अदालतमै स्वीकार गरेको र त्यसलाई बेवास्ता गर्दै महान्यायाधीवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको अवस्थामा न्यायाधीश फुयालले अन्तिम सुनुवाइका लागि मिति समेत नतोकिदिँदा लामिछानेलाई फाइदा भएको छ।

अब नियमित प्रक्रियामा गएर फैसला हुँन मुद्दाका चाप रहेको सर्वोच्चमा कम्तिमा पाँच वर्ष लाग्ने त्यहाँका एक अधिकारीले बताए जसले गर्दा त्यो अवधिभर लामिछानेमाथि मुद्दा चल्ने सम्भावना सकिएको छ।

जारी लिखित आदेशमा अन्तरिम आदेश दिन अस्वीकार गर्नुका साथै त्यसबारे संयुक्त इजलासमा छलफल गर्ने ढोका समेत बन्द गर्दैै न्यायाधीश फुयालले एकैपटक अन्तिम सुनुवाइका बखत नै विषयको निरुपण गर्न आदेश दिएका हुन्।

आदेशमा भनिएको छ, ‘यसै विषयमा यस अदालतको संवैधानिक इजलासले ०७९-WC ००३५ को निवेदनमा मिति २०७९।१०।१३ मा आदेश गरिसकेको र यस निवेदनमा उठाइएका कतिपय विषयहरु उक्त आदेशमा उल्लेख गरेको पाइएको र अन्य केही विषयवस्तुहरु यस निवेदनसँग सम्बन्धित रहेको देखिएकोले उक्त विषयहरु प्रस्तुत निवेदनको अन्तिम सुनुवाईको बेला नै सम्बोधन हुने प्रकृतिको देखिदा तत्काल अन्तरिम आदेश जारी गरी रहन परेन।’

आदेशमा रविले अमेरिकी पासपोर्ट त्यागेको निस्सा जहाँ भए पनि खोजेर ल्याउन भनिएको छ। ‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकाको राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेश गर्नू, आदेशमा भनिएको छ। लामिछानेले दोहोरो पासपोर्टबारे कुरा उठेपछि अध्यागमन विभागमा लगेर पासपोर्ट बुझाएका थिए। देशसंचारले उल्लेख गरेको छ।

पूर्ण पाठ :