

-अर्घाखाची डट्कम।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने भनी ८७५ जना सोझा नेपाली युवाहरूलाई ठगी गर्ने गिरोहले अर्वौ रुपैया ठगी प्रकरण मा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझी ले सामाजिक संजाल फेसबुक मार्फ़त कड़ा भनाई सार्वजनिक गरेका छन । स्मरणीय छ उनी पनि अर्घाखाची निवासी हुन ।

“नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका
पुर्याउने भनी ८७५ जना सोझा नेपाली युवाहरूलाई ठगी गर्ने गिरोहले अर्वौ रुपैया ठगेको कुरा साच्चै लाजमर्दो र दु:खद छ ।साथै यो घटनाले राज्यको भुमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ ।

तस्बिर -कान्तिपुरबाट
यो ठुलो ठगी प्रकरणमा गरिमामय ससद्का बहालवाला सदस्य (टोपबहादुर रायमाझी) समेत जोडिएको कुरा आम सञ्चार माध्यममा तथ्य सहित आएको छ । यो घिन लाग्दो आपराधिक घटनाले नेपाली जनता मर्माहत र आक्रोशित भएका छन् ।
![]()
तस्बिर -कान्तिपुरबाट
घरेलुु पुजीवादी उपभोक्तावादी सस्कृतीको कुप्रभावको एउटा नमुना, यो प्रकरणमा जोडिएका अर्थवादी ठगवादी र घुसवादीहरु र ती मध्य एक सम्मानित ससदको सदस्य हुनु आफैमा लज्जास्पद विषय हो।

तस्बिर -कान्तिपुरबाट
त्यसैले यो प्रकरणमा जोडिएकाहरु लाई सत्य तथ्य छानबिन गरि कारबाही गर्नको निम्ति पनि, ती सासद लाई उक्त पद बाट तुरुन्तै निलम्बन हुनुपर्छ भन्ने मेरो साथै सम्पुर्ण न्यायप्रेमी नेपालीहरुको जोडदार माग रहेको छ ।

किनकि त्यो पदमा बसिरहदा यो घटनालाई कमजोर बनाउन मद्दत पुग्ने संभावना रहन्छ ।
पीडित लाई न्याय र ठ्गहरु लाई कानुनी कठघरामा उभ्याउन सबै तह र तप्का साथै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु लाई दवाब सृजना गर्नुहुन म जोडदार अनुरोध गर्दछु ।”
-आलोक रायमाझी स्थायी कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी)



