

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बसेको छ । उक्त आयोगको बैठक मंगलबार बिहान ११ बजे बसेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको अडियो बाहिरिएपछि सो बारे छानबिन गर्न बैठक बसेको छ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ ।





