चितवन–२ मा मतगणनाका लागि सर्वदलीय बैठक चल्दै

काठमाण्डौ – प्रतिनिधि सभा उपचुनाव अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक चलिरहेको छ ।

बिहान ९ बजेदेखि सर्वदलीय बैठक बसिरहेको हो । सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यसअघि गएराति बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन–२ मा हिजो भएको उपचुनावमा २२ जना उम्मेदवार छन् ।

images