अर्घाखाँचीकी निरा पान्डे आचार्यको न्याय माग गर्दै काठमान्डौमा निरन्तर प्रदर्शन

काठमाडौ – अर्घाखाँची घर भएर काठमाडौमा बस्ने निरा पान्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै अर्घाखाँची जन्म थलो भइ काठमाडौ बस्ने नागरिकहरुले काठमाडौमा निरन्तर पर्दर्शन गरिरहेका छन । राजधानि भित्रै दिन दहाडै भएको यस्तो अपराधको घोर भत्सर्ना गर्दै मृतक निराको आत्मशन्न्तिको लागि तत्काल दोषी पत्ता लगाई पक्राउ गर्न दवाब सृजना गर्दै आन्दोलन गरेका हुन ।

No description available.
हत्या भएको ९ दिन बितिसक्दा पनि प्रहरिले हत्यारा पत्ता लगाइ सार्वजनिक गर्न नसकेको भनाइ आन्दोलनकारिको छ । यो हत्याका बिषयमा संसदमा समेत आवाज उठेतापनी अहिले सम्म हत्यारा पता लगाइ सार्वजनिक गरेको छैन ।

अर्घाखाँची जिल्ला छत्रदेब – ४ केरुङ्गामा जन्मिएकी निरा पान्डे आचार्यको बैशाख ७ गते काठमाडौ कपन सरस्वतिनगर स्थित आफ्नै पसलमा अज्ञात ब्यक्तिबाट छुरा प्रहार गरि क्रुर तरिकाले विभत्स हत्या भएको र आजसम्म पनि हत्यारा सार्बजनिक नभएको हुँदा दबाब स्वरुप काठमाडौमा आएर अध्ययन एवं विभिन्न पेशा ब्यवसाय गरि बसेका अर्घाखाँचीवासीहरू र शुभचिन्तक सम्पुर्ण आन्दोलनमा सहभागी छन ।

अन्य समाचारहरु