रास्वपाले सरकारबारे शुक्रबार निर्णय गर्ने, प्रधानमन्त्री तयार भए स्वर्णिमलाई अर्थमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने कि नजाने भन्ने विषयमा शुक्रबार निर्णय गर्ने भएको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने जानकारी दिए।

रास्वपाले सरकारबारे शुक्रबार निर्णय गर्ने, प्रधानमन्त्री तयार भए स्वर्णिमलाई अर्थमन्त्री बनाउने

‘अब पार्टीले प्रतिपक्षमा बस्ने कि सरकारमा जाने स्पष्ट निर्णय गर्छ,’ ढकालले भने, ‘अब शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय गर्छौं‌।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साविकको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखनका लागि पनि तयार रहेको ढकालले बताए।

​उनले सोमबारको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाँदा र नजाँदाका फाइदा बेफाइदाबारे धारणा राखेको बताए।

उनले अर्थ मन्त्रालय दाबी गर्नुपर्ने आवाज बैठकमा उठेको भन्दै प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन तयार रहेको पनि बताए।

1images1