
एमाले सचिव तथा पुर्व उप प्रधानमन्त्री टोपबहादुर रायामाझी भैरहवा बिमानस्थलबाट पक्राउ पर्ने डरले बिमानको टिकट भएपनी स्थलमार्गबाट काठमान्डौ लागेको खबर प्राप्त भएको छ । काठमान्डौमा पक्राउ पुर्जी जारी भइ रहदा रायमाझी सभामुख देवराज घिमिरेसहितको कार्यक्रममा सरिक थिए । उनले पक्राउ पुर्जीबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिएका थिए ।

सभामुख घिमिरे र सांसद रायमाझी बुधबार राति ९ बजे भैरहवाबाट काठमाडौं फर्कने गरी बुद्ध एयरको टिकट काटिएको थियो । सभामुख निर्धारित समयमै विमानस्थल पुगे पनि राममाझी भने गएनन् । ‘विमानस्थलमा पक्राउ पर्न सक्ने सम्भावना देखियो, त्यसैले सडकमार्गबाटै काठमाडौं लाग्नुभएको छ,’ उनीनिकट नेताहरूले भने । रायमाझीका छोरा सन्दिपलाइ भने प्रहरिले बुधबार सांझ बुटवलबाट पक्राउ गरेको छ ।






