खाचिकोट : कृषकहरूलाई प्लाष्टिक टनेल वितरण (तस्बिर सहित)

1

-केशब घिमिरे , अर्घाखाची डट्कम।

सन्धिखर्क –अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ७ ले आधुनिक कृषि मेशिनरी औजार तथा सामाग्री खरिद कार्यक्रम स.न.पा. ७ मा कृषकहरूलाई प्लाष्टिक टनेल वितरण गरेको छ।

No description available.

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ ” आधुनिक कृषि मेशिनरी औजार तथा सामाग्री खरिद कार्यक्रम स.न.पा. ७” मा ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण सुरु गरिएको सन्धिखर्क नगरपालिका वडा न ७ का वडा अध्यक्ष चुरा ब के सि ले बताए।

No description available.

कृषि समूह, कृषि सहकारी, कृषि फर्महरू सञ्चालन गरेका कृषकको मागका आधारमा प्लाष्टिक टनेल वितरण सन्धिखर्क नगरपालिका वडा न ७ ले सुरु गरेको हो।

No description available.

टनेल वितरण गर्दै सन्धिखर्क नगरपालिका वडा न ७ अध्यक्ष के सि ले व्यावसायिक कृषि पेसामा लाग्न कृषकहरूलाई आग्रह गर्नुभयो।

No description available.

images

उहाले उत्पादनमुखी कृषि पेसामा लागेका कृषकहरूलाई वडाले सहयोग गर्ने बताउँदै कृषि पेसाबाट स्वरोजगार बन्न आग्रह गर्नुभयो।

No description available.

images

प्रतिपिस टनेलको मूल्य ४००० रुपैयाँ परेकोमा ७५ प्रतिशत अनुदानमा कृषकहरूले प्रतिपिस टनेल (१०००) एक हजार रुपैयाँ मा प्राप्त गरेका छन्। कार्यक्रममा जिल्ला समन्वय समितिका लक्ष्मण कंडेल प्रमुख आतिथ्यता,अतिथि चुरा बहादुर के सि ,वडा नं.७ कि सचिब तुल्सा श्रेष्ठको सन्चालनमा कार्यक्रम भएको हो ।

No description available.

images

सन्धिखर्क नगरपालिका बडान ७ का वडा सदस्य डुकलाल पोख्रेल ,मिना ज्ञवालि, समाज सेवि कृष्ण आचार्य ,सुनिल केसि,चेत बहादुर नेपाली अर्घाखाँची डटकमका प्रतिनिधि केशब घिमिरे लगायत को उपस्थिति रहेको थियो।

images