पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ

1

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

भूटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

आफू गृहमन्त्री हुँदा गृह सचिव रहेका  टेकनारायण पाण्डे सहित १० जना सबुत सहित पक्राउ परिसकेका छन्।  हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएका थिए।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाण तानिएका हुन्। थप विवरण आउँदै ।

सेतोपाटिले उल्लेख गरेको छ।

images