

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि शीर्ष तीन नेता छलफलमा जुटेका छन्।

अहिले सिंहदरबारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा छन्।

हिजो पनि छलफल गरेका उनीहरूको आजको भेटलाई चासोको साथ हेरिएको छ। शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने यो भेटलाई नियमित भेट भएको दाबी गरेका छन्।






