काङ्रेस पदाधिकारी बैठक – खाण बारे निर्णय अनुसन्धान परीपक्क भएपछी गर्ने

 

1

कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछिको अवस्थाबारे कुरा उठेको छ। खाणलाई आज बिहान प्रहरीले घरबाटै पक्राउ गरेको थियो। उनलाई ४ दिन म्याद थपेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाण मुछिएका हुन्। खाणलाई प्रहरीले पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका थिए।1

देउवा निवास धुम्बाराहीमा आज अपराह्न ५ बजेदेखि ८ बजेसम्म चलेको छलफलमा खाणले अनुसन्धानलाई सहयोग गरिरहेकोले उनीबारे थप निर्णय अनुसन्धान परिपक्क भएपछि गर्ने समझदारीसमेत बनेको छ।