अवैध रकम प्रकरण : अमेरिकाबाट अवैध रकम भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता, केही दिनमै पक्राउ पर्न सक्ने!

1

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार अमेरिकाबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका विवादित व्यवसायी पृथ्वी बहादुर शाहले जनार्दन शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको हो ।

अमेरिकाबाट अवैध रुपमा गत वर्ष चैतमा आएको ४० करोड रकम राष्ट्र बैंकले रोक्का गरेको थियो । सोही प्रकरणमा गत पुसमा प्रहरीले पक्राउ गरी अनुसन्धानकै क्रममा शाह हिरासतमा रहेका छन् । शाहले अवैध रुपमा उक्त रकम नेपाल भित्र्याउने कार्यमा जनार्दन शर्माको संलग्नता रहेको प्रहरीलाई बयान दिएको स्रोतले जनाएको छ ।

शर्माले आफू अर्थमन्त्री रहेको बेलामा आएको सो रकम छुटाउन निकै दौडधुप गरेका थिए । तत्कालीन अर्थमन्त्री रहेका शर्माले रकम छुटाउन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई दबाव दिएका थिए ।

शाहको नाममा आएको स्रोत नखुलेको उक्त रकम छुटाउन तत्कालीन अर्थमन्त्री रहेका शर्माले राष्ट्र बैकमा लिखित निर्देशनसमेत दिएका थिए ।उनको रकम छुटाउने निर्देशन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अस्वीकार गर्दा उनलाई निलम्बन समेत गरिएको थियो ।सोही कारणले रुष्ट भएर निलम्बन गरिएका गर्भनर अधिकारी सर्वोच्च अदालतको आदेशले राष्ट्र बैंकमा फर्किएका हुन्।

Reliable life insurance

प्रहरीले यस विषयमा राजनीतिक दलका उच्च तहका नेताहरुसँग परामर्श लिइरहेको छ । शर्मा यस प्रकरणमा मुछिएपछि प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको छ । राजनीतिक दबाव नभएमा प्रहरीले केही दिनमै पक्राउ गर्ने स्रोतको दाबी छ ।

Nepal Telecocme

यसबारेमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कठायतले जनार्दन शर्मा पक्राउबारे कुनै जानकारी नपाएको डिसी नेपाललाई बताए । उनले अनुसन्धानकै क्रममा रहेको हुँदा यस प्रकरणका बारेमा आफू बेखबर रहेको बताए । डिसीनेपालले उल्लेख गरेको छ।

1images