१० दिनयता गायब मञ्जु खाण मोबाइल स्विच अफ गरेर संसदमा

1Nepal Telecocme

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २७ मा कांग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गरेपछि सार्वजनिक सम्पर्क बाहिर रहेकी मञ्जु खाण आज संसद्मा देखिएकी छिन्। सुरूका दिनहरूमा मोबाइलसमेत स्विच अफ गरेर सम्पर्क बाहिर बसेकी मञ्जुको फोन आफ भए पनि शुक्रबार संसद्मा आएकी हुन्।

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २७ मा कांग्रेस नेता बालकृष्ण खाणलाई पक्राउ गरेपछि सार्वजनिक सम्पर्क बाहिर रहेकी मञ्जु खाण आज संसद्मा देखिएकी छिन्। सुरूका दिनहरूमा मोबाइलसमेत स्विच अफ गरेर सम्पर्क बाहिर बसेकी मञ्जुको फोन अफ भए पनि शुक्रबार संसद्मा आएकी हुन्।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न अहिले जारी संघीय संसद्को दुवै सदनको बैठकमा बालकृष्ण पत्नी मञ्जु उपस्थित छिन्। मञ्जु कांग्रेसको समानुपातिक सांसद हुन्।

सामाजिक सञ्जालमा भाइरल अडिओअनुसार मञ्जुले ६ करोड रकम लिएको आरोप छ। तर, यो अडिओको आधिकारिकता भने पुष्टि भएको छैन। आरोप पुष्टि नहुँदै मञ्जु भने सम्पर्क बाहिर भएकी हुन्।

समानुपातिक सांसद रहेकी मञ्जुले २७ वैशाखमा सदनको शून्य समयमा बोल्न नाम पनि लेखाएकी थिइन । तर, पति पक्राउ परेपछि उनी संसद् गइनन्। भाइबर, ह्वाट्स एपमा पनि उनी छैनन्। ११ पुसमा मन्त्री निवासबाट बाहिरिएपछि खाण दम्पती मैजुबहालमा बस्दै आएका थिए।

1

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको प्रकरणमा मञ्जु पनि संलग्न भएको आशंका गरिएको छ। यसकारण उनी आफू पनि पक्राउ पर्ने डरले भागेको धेरैको आशंका छ। आज भने उनी संसदमा देखिएकी हुन्। नेपाल भ्युले उल्लेख गरेको छ।

Nepal Telecocme