नवजात शिशु तथा बालरोग सम्बन्धी एकीकृत व्यवस्थापन तालिम सम्पन्न (तस्बिर सहित )

1

– नविन रसाईली अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँची जिल्लामा स्वास्थ्यकर्मीहरुका लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोग सम्बन्धी एकीकृत व्यवस्थापनको ६ दिने आधारभुत तालिम दिइएको छ । यहि जेठ ३ गतेदेखि सन्धिखर्कमा सुरु भएको तालिम आज सोमबार सम्म चलेको हो ।

तालिममा जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।  स्वास्थ्य कार्यलय अर्घाखाँचीको आयोजनामा संचालन भएको तालिममा सुआहाराका वरिष्ठ कार्यक्रम विज्ञ बिरु बहादुर बोहोरा, जिल्ला अस्पताल अर्घाखाँचीका डा. अशोक कुमार शाह, बरिष्ठ अस्पताल नर्सिङ निरिक्षण सरस्वता बन्जाडे, पब्लिक हेल्थ नर्सिङ निरिक्षक गिता भुसाल, स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम संयोजक विजय वि.कले प्रशिक्षण दिएका थिए ।

No description available.1

तालिमको समापन शत्रमा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले तालिममा सिकेका ज्ञान, सिपलाई आफु आवद्ध स्वास्थ्य संस्थामा लागु गर्न आग्रह गरिन । थापाले तालिममा सिकेको कुरालाई पछ्याउदै शिशुको उपाचार गर्नुपर्ने बताइन ।

Nepal Telecocme

जिल्लामा रेकडिङ्ग ,रिपोटिङ्ग चुस्त दुस्त नभएको बताउँदै आफु आवद्ध कार्यक्षेत्रको रिपोटिङ्ग चुस्त दुस्त बनाउन समेत स्वास्थ्यकर्मीलाई आग्रह गरिन् । यस्तै प्रशिक्षक डा. अशोक कुमार शाहले स्वास्थ्य कर्मीलाई ६ दिने तालिममा धेरै कुरा सिकाउने र सिक्ने मौका पाएको बताए । उनले सबैले आफनो बुद्धिविवेकलाई निरन्तर बढाउदै कार्यक्षेलाई पहिलो प्राथमिकता दिन आग्रह गरे ।

No description available.

images

स्वास्थ्यकर्मीका लागि बिरामी र स्वास्थ्य क्षेत्र नै सबैभन्दा ठुलो कुरा रहेको बताए । उनले एउटा बिरामीले स्वास्थ्यकर्मीलाई धेरै विश्वास गर्ने गरेको बताउँदै स्वास्थ्यकर्मीले पनि उसको विश्वासलाई आत्मसाथ गर्दै काम गर्नुपर्ने बताए । तालिममा धेरै कुरा सिक्ने अवसर मिलेको तालिममा सहभागी प्रशिक्षार्थी स्वास्थ्यकर्मी लिसा बरालले बताईन् ।

बरालले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्ने बताइन । जन्मदेखि ५९ महिनाका शिशुको स्वास्थ्य सम्बन्धी धेरै कुराको ज्ञान भएको तालिममा सहभागी स्वास्थ्यकर्मी प्रकाश थापाले बताए । उनले शिशुको स्वास्थ्यको बारेमा धेरै ज्ञान नभएको बताउँदै तालिम लिएपछि धेरै कुरा थाहा पाएको बताए । सहभागी प्रशिक्षार्थीहरुले स्वास्थ्यकर्मीहरुका लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोग सम्बन्धी एकीकृत व्यवस्थापन तालिम दिएकोमा स्वास्थ्य कार्यालय अर्घाखाँचीलाई धन्यवाद दिएका थिए ।

images

1

सुआहाराका वरिष्ठ कार्यक्रम विज्ञ विरु बोहोरालाई बिदाई स्वास्थ्यकर्मीहरुका लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोग सम्बन्धी एकीकृत व्यवस्थापन तालिमका प्रशिक्षक तथा सुआहाराका वरिष्ठ कार्यक्रम विज्ञ बिरु बहादुर बोहोरालाई स्वास्थ्य कार्यालय अर्घाखाँचीले बिदाई गरेको छ । आज तालिमको समापन शत्रमा बोहोरालाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय वि.कले जानकारी दिए ।

images

NTC HOME

अर्घाखाँचीमा सुआहाराको प्रोजेक्ट सकिएसँगै बोहोरालाई बिदाई गरिएको हो । बिदाई समारोहमा बोल्दै बोहोराले अर्घाखाँची जिल्ला सधै आफ्नो लागि अविस्मरणीय रहने बताए । जिल्लामा काम गर्दै गर्दा विभिन्न निकार्यहरुबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए । उनले जिल्लाका सम्पुर्ण पालिका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा सबैलाई सम्झिएका थिए ।

1

 

Nepal life insurance