

काठमाडौं। भोलि बुधवार र पर्सी बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर पानी पर्ने सम्भावना रहेको रहेको छ । नेपालमा प्रवेश गर्न लागेको नयाँ मौसमी प्रणालीले बुधबार र विहीबार ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार हावाहुरी, चट्याङ र असिनापानीको पनि सम्भावना छ ।

जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त वायु देशभरि नै फैलिएर दुई दिनसम्म प्रभाव पार्ने सम्भावना रहेको उनले बताए बताउनुभयो ।

भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म जेठ १० र ११ गतेको लागि अलर्ट जारी गरिसकेको छ । नेपालमा पनि सतर्कता अपनाउनुपर्ने उप्रतीको सुझाव छ ।






