जलहरी प्रकरणमा ओली भन्छन्– भ्रष्टाचार गरेको आधार छैन, संसद चल्न दिँदैनौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलहरी प्रकरणमा भ्रष्ट्राचार नभएको दाबी गरेका छन्।

पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सधैँ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाए।

1

माओवादीका सांसद लेखनाथ दाहालले ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएपछि एमालेले संसदमा अवरोध गरेको छ। संसद अवरुद्ध भएपछि ओलीले पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न गएका हुन्।

1

त्यहाँ उनले भने, ‘‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एक जना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन। त्यसैले संसद अवरुद्ध हुनैपर्छ।’’

उनले आफूले जिन्दगीभर भ्रष्टाचार विरोधी अभियान चलाएको दाबी समेत गरे ।

Nepal Telecocme