जेलबाट छुटेपछी रेशम चौधरी भन्छन – टीकापुरमा मारिने प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्।गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग बोल्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएएको बताए।

सर्वोच्च अदालतको आदेश र कानुन मानेरै आफूहरू जेल बसेको बताउँदै उनले सरकारले नै गठन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु दुखद् भएको बताए। सत्य तथ्य सार्वजनिक गरी टीकापुरमा मारिने प्रहरी र अढाइ वर्षीय बालकले पनि न्याय पाउनुपर्ने उनले बताए।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ, अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ, र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ।’उनले विपक्षीहरूले सोचेजस्तो यो घटना हो/होइन भन्ने अन्तिम सत्य थाहा पाउनुपर्ने बताए। नेपाल खबरले उल्लेख गरेको छ ।

Nepal Telecocme