पाणिनिको धातिबाङ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को पुरस्कार वितरण तथा पुर्व व्यवस्थापन समिति अध्यक्ष पौडेलको सम्मान कार्यक्रम सम्पन्न । (तस्बिर सहित )

-डिआरजी सुमन
धातिबाङ, विहिवार १८ जेठ २०८० अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ६ मा संचालित धातिबाङ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ को पुरस्कार वितरण तथा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष पौडेलको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 3 people

प्रतिष्ठित उद्योगपति तथा पुर्व उद्योग मन्त्री मातृसेवा प्रतिष्ठान नेपालका संरक्षण हरी प्रसाद पाण्डेयको प्रमुख आथित्यतामा पुरस्कार वितरण गरिएको हो ।

May be an image of 6 people and dais

धातिबाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागी विभिन्न सौजन्य दाताहरु क्रमशः मातृसेवा प्रतिष्ठान नेपाल, विकास पौडेल स्मृति अक्षय कोष, मित्रदेव पौडेल स्वास्थ्य विधा पुरस्कार र स्थानीय रमेश पौडेल द्वारा १० विद्यार्थीलाई झोला,काँपी र पेन उपलब्ध गराईएको छ ।

May be an image of 4 people

पाणिनि गाँउ पालिका वडा नं ६,स्थित धातिबाङ माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखी १२ प्रथम द्धितिय र तृतीय र सान्त्वना पुरस्कार वितरण गरिएको छ । यसको अतिरिक्त विधागत रुपमा खेलकूद पुरस्कार,वितरण हाज़िरी,जवाब,घैटोफोड,कुर्सी दौड़,तातोआलु, घेराभित्र घेरा वाहिर,चम्चादौड खेलका विजेता लाई पनि पुरस्कृत गरिएको छ ।

May be an image of 4 people, people studying and text

धातिबाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये विद्यालय प्रथम ,द्वितीय र तृतीय दुईतह ECD देखी 5 तथा ६ देखी १२ वर्गीकरण गरी पुरस्कार वितरण गरिएको छ । धातिबाङ माध्यमिक विद्यालयमा मातृसेवा प्रतिष्ठान नेपाल द्वारा सौजन्य विशेष पुरस्कार अन्तर्गत पाणिनि गाँउ पालिका वडा नं ६ स्थित वडाभरी रहेका सम्पूर्ण विद्यालयहरुमा अध्यापन गर्ने शिक्षकहरुको सिकाई उपलब्धिका आधारमा पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत धातिबाङ माध्यमिक विद्यालय का शिक्षक तुल्सीराम पौडेल र लक्ष्मी पौडेल ले प्रति व्याक्ति ३५०० पैंतीस सय का दरले पुरस्कृत गरिएको छ ।

May be an image of 4 people, people studying, hospital and text

यसको अतिरिक्त दलित विद्यार्थी तर्फ अनमोल दर्ज़ी र अविजित सुनार ले जनहि पैंतीस सय तथा समाजसेवी तर्फ मनिराम पौडेल सात हज़ार रुपैयाले पुरस्कृत गरिएको छ ।शैक्षिक सत्र २०७९ को उत्कृष्ट समाजसेवी पुरस्कार प्राप्तकर्ता मणिराम पौडेल द्वारा आफ्नोपक्षमा प्राप्त सात हज़ार रक़म विद्यालयको अशहाय कोषमा जम्मा गरि अशहाय बिद्यार्थी हरुको पोशाक र अन्य सामग्रीको  प्रयोजनका लागि प्रदान गर्नुभएको छ ।

May be an image of 4 people

यस विद्यालयमा अध्यन गरेका उत्कृष्ट बिद्यार्थीहरु देश विदेशमा महत्त्वपूर्ण स्थानमा नेतृत्व गरिरहेको वताउदै विद्यालय र विद्यार्थीको हितमा कुनैपनि पूर्वाग्रह नराखी साथ दिन प्रधानाध्यापक हिमलाल पौडेलले अभिभावकसँग अनुरोध गर्नु भएको थियो ।

May be an image of 6 people, people studying, flute and clarinet

पाणिनि गाँउ पालिका वडा नं ६ स्थित धातिबाङ माध्यमिक विद्यालयमा विद्यालय तहमा औसत सिकाई उपलब्धि को आधारमा शिक्षक लक्ष्मी पौडेल र नारायण पौडेल जनही पैंतीस सय रुपैयाले पुरस्कृत गरिएको छ ।

May be an image of 7 people and dais

पाणिनि गाँउ पालिका वडा नं ६ धातिबाङ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय अभिभावक,पाणिनि गाँउ पालिका अध्यक्ष,पुरस्कार सौजन्यकर्ता,पत्रकार,विद्यार्थि,शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

थप तस्बिर  –  डिआरजी सुमन, धातिबाङ अर्घाखाँची डटकम् ।

May be an image of 6 people and dais

May be an image of 5 people and text

May be an image of 6 people and dais

May be an image of 4 people

May be an image of 3 people

May be an image of 6 people and dais

May be an image of 4 people

images