गर्मी अझै ५ दिन बढ्ने अनुमान, तराईका भूभागमा लु लाग्ने सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जनाएको छ।

महाशाखाले बुधबार विशेष बुलेटिन सार्वजनिक गर्दै अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लामा तातो हावा तथा लूको सम्भावना रहेको जनाएको छ। गर्मीबाट बच्न सतर्कता अपनाउनसमेत सुझाव दिएको छ।

Global Temperature Increases Are Lower and Slower, Says New Study

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान गरिएको छ।

बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस गरिएको छ। दुम्कौलीमा अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ। दुम्कौलीको अधिकतम तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो।

यस्तै जेठ १८ गते रौतहटको गौरमा ४३।८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ। गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लामा विद्यालय बन्द गरिएको छ।

1

यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो।

विभाग मातहतको महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ।

बुलेटिनमा लेखिएअनुसार तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, मांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन्। यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ।

1

गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ।

spot_imgimages