प्रचण्डको पशुपति दर्शनपछि बाबुरामको टिप्पणी: पूरै मन्त्रीमण्डल जानुले प्रश्न उठ्छ

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको पशुपति दर्शनलाई लिएर प्रश्न उठाएका छन्।

Maoist Victims Protested Against Dr. Bhattarai's Visit | New Spotlight Magazine1

शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपति दर्शनमा पुगेका थिए। मन्त्रीमण्डलसहित गएका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणपछि पशुपति नाथको दर्शन गरेका हुन्।

सो अवसरमा प्रचण्डले भारतको उज्जैनस्थित महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका थिए। यता भट्टराईले पूरै मन्त्रीमण्डल एकैसाथ मन्दिर जानुले राजनीति हुने र प्रश्न उठ्ने बताएका छन्।

1

उनले कोही व्यक्ति धार्मिक स्थल एक्लै जाँदा प्रश्न उठाउन नमिल्ने भए पनि पूरै मन्त्रीमण्डल जाँदा प्रश्न उठ्ने बताएका हुन्।

उनले भनेका छन्, ‘नयाँ  ‘सांस्कृतिक क्रान्ति’ र  ‘सांस्कृतिक नक्सा’?? एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन: त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’

spot_imgimages