समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित

समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् ।

आइतबार बिहान काठमाडौंमा सम्पन्न भएको समाजवादी प्रेस संगठन, नेपालको पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सुवेदी निर्वाचित भएका हुन् ।

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित1

अध्यक्षमा निर्वाचित सुवेदीले १४७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भुपराज खड्काले ११९ मत पाए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।

यसैगरी, खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष (उपत्यका) मा कृष्णराज गौतम, उपाध्यक्ष (एसोसिएट-प्रतिष्ठान) मा तेजप्रसाद वाग्ले र उपाध्यक्ष (सुदूरपश्चिम) मा नरेन्द्र भट्ट निर्वाचित भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी  दिए ।

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी « रिपोर्टर्स नेपाल1

यस्तै, महासचिवमा रामकुमार एलन निर्वाचित भएका छन् । एलनले १३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हृदय भुसालले १३० मत पाए ।  उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी भएका छन् ।

खुल्ला सचिवमा शिवप्रसाद ढुङ्गाना, अनिल शाही र पूर्णबहादुर कार्की निर्वाचित भएका छन् । यसैगरी, महिला सचिवमा क्रान्ति न्यौपाने, दलित सचिवमा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् ।

spot_imgimages