पाणिनी पर्यटन समाज द्वारा संचालित पाणिनि तपोभूमि – कालिकाठी नरपानी – सुपादेउराली पदयात्रा सम्पन्न । (तस्बिर सहित )

1

-डिआरजी सुमन

नरपानी,अर्घाखाँची । पाणिनी गाँउ पालिकामा क्रियाशील पाणिनि पर्यटन समाज अर्घाखाँची द्वारा पाणिनि तपोभूमि देखी सुपा देउराली पदयात्रा सम्पन्न गरेको छ । प्राकृतिक सौन्दर्यता हाम्रो शान पर्यटन विकासमा नयाँ योगदान भन्ने मुख्य नारा वनाएर पाणिनिको विकासात्मक कार्यमा जुटेको पर्यटन समाजले पाणिनिमा सर्वप्रथम एम्बुलेन्स ख़रीद गरेर सामाजिक योगदानको प्रारंभ गरेको थियो ।

May be an image of 6 people and text

पाणिनि गाँउ पालिकामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको खोज र प्रचार प्रसारमा जुटेको पाणिनि पर्यटन समाजले पाणिनिमा पर्यटन प्रवर्द्धनका लागी समय समयमा सास्कृतिक महोत्सव पनि आयोजना गर्दै आएको छ । पाणिनि गाँउ पालिकाको आर्थिक सहयोग र पाणिनि पर्यटन समाजको व्यावस्थापनमा २९ र ३० जेठमा दुईदिने पदयात्रा संचालन भएको हो ।

May be an image of 9 people and text

पाणिनि तपोभूमि देखी पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा पौडेल,प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल,पाणिनि तपोभूमि व्यावस्थापन समिति सचिव पुस्करराज पोखरेल द्धारा सुभ कामना संदेश मार्फ़त आरम्भ भएको पदयात्रामा पाणिनि गाँउ पालिका वडा नं २,का वडा अध्यक्ष चन्द्रकान्ता पौडेल,पाणिनि गाँउ पालिका वडा नं ८ वडा सदस्य पम्फा विक,स्वतन्त्र पत्रकार डिआरजी सुमन,चोलानाथ पौडेल,पत्रकार माधव पौडेल लगायत ४० वढी पदयात्रिको प्रत्यक्ष सहभागिता रहेको थियो ।

May be an image of 6 people

पाणिनि पर्यटन समाज का अध्यक्ष झविन सुनाम,सचिव केशव वन्जाडे,व्यावस्थापक रोमाकान्त भट्टराई,स्वतन्त्र पत्रकार डिआरजी सुमनको नेतृत्वमा संचालित पदयात्राको उद्घाटन कार्यक्रम पाणिनि तपोभूमि स्थलवाट एक औपचारिक कार्यक्रम विच प्रारम्भ भएको थियो ।

May be an image of 5 people and text

पाणिनि तपोभूमि देखी सुरु भएको पदयात्रालाई विच विचमा स्वागत र विदाई गर्ने क्रममा सर्वप्रथम पाणिनि गाँउ पालिका वडा नं ४ देउरालीमा ४ नं वडा अध्यक्ष हरी प्रसाद घिमिरे र वडा सदस्य एकराज अधिकारीले स्वागत गर्नु भएको थियो ।

May be an image of 7 people and text

पाणिनि तपोभूमि देखी कालिकाठी हुदै नरपानी सुपा देउराली पदमात्रा को क्रममा पाणिनि ५,नेटाका पोखरामा पाणिनि गाँउ पालिका वडा नं ५,वडा अध्यक्ष ईन्द्रामणि घिमिरे र वडा सदस्य धनसिंग सुर्यवंशीले नेटाका पोखरामा स्वागत गर्नु भएको थियो ।

May be an image of 3 people and fog

पाणिनि पर्यटन समाज द्वारा संचालित पदयात्रालाई कालिकाठी प्रवेश द्वार सुकिताल धजावान्नेमा कालिकाठी व्यावस्थापन समितिका पदाधिकारी लेक वहादुर टण्डन र प्रेम घिमिरे द्धारा स्वागत गरिएको थियो ।

May be an image of 6 people

पाणिनि तपोभूमि देखी सुरु भएको पदयात्रा कालिकाठी हुदै आढाको भिरवाट अघि वढ्दा पदयात्रा वास्तविक आकर्षक देखिएको थियो यद्यपि डोटा पुग्दा सामान्य रहेको मौसम तिखेचुलीमा पुग्दा तिव्रगतिको हावाले पदयात्रिलाई यात्रामा असहज स्थिति पैदा गरेको थियो ।

May be an image of 6 people and text

महाभारत श्रृंखला अन्तर्गतका उच्च पहाड़ अनि तीव्र गतिको हावा विच निरन्तर रहेको पदयात्रा साँझ ७:३० मा तल्लो रहरे अर्थात् रक गार्डेन निकटतम क्षेत्रमा अस्थायी शिविर स्थापना गरी वास वसेको थियो । पाणिनि पर्यटन समाज द्वारा संचालित पदयात्रामा खाद्यान्न व्यावस्थापन , मेडिकल, मिडिया को भूमिका महत्वपूर्ण रहेको थियो ।

May be an image of 9 people, people climbing and grass

पाणिनि तपोभूमि देखी सुरु पदयात्रा कालिकाठी हुदै रंक गाडेन क्षेत्र तल्लों लहरें पुगेर वास वसेको पदयात्रीको टिम दोस्रो दिन विहानी सुर्य किरणसँगै रंक गार्डन अवलोकन सहित यस क्षेत्रका सर्वोच्च पहाड़ उपल्लो रहरे अर्थात् साउने लेकमा पुगेको थियो ।

May be an image of 8 people

पाणिनि तपोभूमि हुदै लहरे पुग्दा पदयात्रिमा उत्साह र थकान दुवै अवस्था देख्न सकिन्थ्यो यद्यपि गौशाला हुदै नरपानी देखी सुपादेउराली पुग्नेगरी संचालित पदयात्रा नरपानीमा रोचक देखिएको थियो ।

May be an image of 8 people and text

पाणिनि पर्यटन समाज द्वारा संचालित पदयात्रालाई धार्मिक तथा सांस्कृतिक धरोहर सुपादेउरालीमा पुगेका आन्तरिक एवं वाह्य पर्यटकले उत्साह पुर्वक अवलोकन गरेको थिए ।

May be an image of 9 people, people climbing and mountain

पाणिनि तपोभूमि देखी सुरु पदयात्रा ऐतिहासिक मन्दिर सुपादेउरालीमा पुजाआजागरी औपचारिक रुपमा समापन गरिएको हो । पाणिनि तपोभूमि वाट विदाई गरेको पाणिनि गाँउ पालिका को टिमले नरपानीमा स्वागत सहित समीक्षात्मक कार्यक्रम समेत गरेको थियो ।

May be an image of 7 people

अर्घाखाँचीको ऐतिहासिक नगरी नरपानीमा सम्पन्न समीक्षात्मक कार्यक्रममा पदमार्गको विकास र पदयात्री को सहजताको लागी पाणिनि गाँउ पालिकाको महत्वपूर्ण भूमिका रहने पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले वताउदै तत्काल नै आधारभूत कार्यक्रम सुरु गर्नेगरी तयारीमा जुट्ने वताउनु भएको छ ।

May be an image of 9 people and text

पाणिनि तपोभूमि देखी सुपा देउराली सम्मको पदमार्गमा भएको पदयात्रा व्यवस्थापन पक्षलाई सम्मान तथा प्रसंसा गर्दै पाणिनि पर्यटन समाजका पदाधिकारी र साथमै सुचना संचार र रुट गाईडरको भूमिकामा डिआरजी सुमनको भूमिका उत्कृष्ट रहेको वताउदै पाणिनि गाँउ पालिका वडा नं २ का वडा अध्यक्ष तथा पदयात्री चन्द्रकान्त पौडेलले पाणिनि तपोभूमि हुदै नरपानी सम्मको पदमार्गमा तत्काल आवश्यक संरचना र आधारभूत पदमार्ग व्यावस्थापन गर्न गाँउ पालिकामा आफ्नो प्रस्ताव रहने वताउनु भएको छ ।

तस्वीर : डिआरजी सुमन,अर्घाखाँची डटकम् ।

May be an image of 6 peopleMay be an image of 5 peopleMay be an image of 5 people and textMay be an image of 9 peopleMay be an image of 8 people, temple and textMay be an image of 7 people and textMay be an image of 6 people and textMay be an image of 2 peopleMay be an image of 4 peopleMay be an image of 1 personMay be an image of 3 people1