पाणिनिमा युवा नेतृत्व विकास तालिम संचालनमा, वडा अध्यक्षले लक्षित समुदाय सिफ़ारिश नगरेको प्रति उपाध्यक्ष केसीको असन्तुष्टी । (तस्बिर सहित )

1

-डिआरजी सुमन
दुर्गाफाँट, विश्वभर एक्काईसौँ शताब्दीलाई मेलखाने सकरात्मकता उन्मुख वैज्ञानिक शैलीको नेतृत्व आवश्यकता महसूस भईरहेको समयमा अर्घाखाँचीको पाणिनि गाँउ पालिकाले आर्थिक वर्ष ०७९-८० मा वजेट विनियोजन नै गरी तालिम नै दुई दिने संचालनमा ल्याएको छ ।

आज दुर्गाफाँटमा युवा नेतृत्व विकास तालिमको उद्घाटन गर्दै पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले सहभागीलाई लक्षित गर्दै भत्ता लिने र समय विताउने मात्र नभई सहभागीहरुले दुईदिन सम्म सिकेको विषय आगामी दिनमा व्यवहारमा लागु गर्नेगरी गएमा मात्र तालीमले सार्थकता प्राप्त गर्ने वताउनु भएको छ ।

May be an image of 7 people and people studying

बसन्त केसीको अध्यक्षता, झविन सुनामको सञ्चालनमा रहेको कार्यक्रम आज र भोली संचालनमा रहने छ ।

May be an image of 5 people, people studying and text

पाणिनि गाँउ पालिका सभाहलमा आयोजित दुईदिने युवा नेतृत्व विकास तालिमको मुख्य प्रशिक्षकको रुपमा रिमा विसी र सहायक प्रशिक्षकको रुपमा डेमबहादुर नेपाली तालिममा करिब ५० जनाको सहभागीता रहेको आयोजक संस्था जनचेतना सरोकार मञ्चका महासचिव झविन सुनामले जानकारी गराउनु भएको छ ।

May be an image of 12 people, people studying and text

पाणिनिको दुर्गाफाँटमा युवाहरुको लागी नेतृत्व विकास सम्बन्धित दुईदिने प्रशिक्षण कार्यक्रम उद्घाटन भएको छ ।

May be an image of 4 people, people studying and text

पाणिनि गाँउ पालिकाको आर्थिक सहयोग र जनचेतना सरोकार मन्चको सहजीकरण मा दुईदिने कार्यक्रम संचालनमा आएको जनचेतना सरोकार मन्च का उपाध्यक्ष वसन्त केसीले वताउनु भएको छ ।

May be an image of 4 people, people studying and text

पाणिनि गाँउ पालिकामा निष्पक्ष नेतृत्व विकासलाई मध्यनजर गर्दै दुईदिने कार्यक्रम आयोजन गरिएको मन्चका सदस्य त्रिभुवन पाण्डेले वताउनु भएको छ ।

May be an image of 7 people, people studying and text

पाणिनि गाँउ पालिकाका आठवटै वडावाट प्रतिनिधित्व गराएर युवाहरुलाई तालिम प्रदान गरी सकरात्मक सोचका साथ नेतृत्व तहमा पुर्याउनेगरी तालीम संचालन गरिएको महासचिव झविन सुनाम ले वताउनु भएको छ ।

May be an image of 5 people, people smiling, people studying and text

तस्वीर -डिआरजी सुमन,दुर्गाफाँट अर्घाखाँची डटकम् ।

May be an image of 4 people, people studying and text1