पाणिनि गाँउ पालिका सवै वडालाई पुर्णखोप युक्त वडा घोषणाको अनुमति, पालिका खोप समन्वय समितिको वैठक दुर्गाफाँटमा सम्पन्न।(तस्बिर सहित )

1

-डिआरजी सुमन ,दुर्गाफाँट ।
पाणिनि गाँउ पालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागी पालिका खोप समन्वय समितिको वैठक दुर्गाफाँटमा सम्पन्न भएको छ । पाणिनि गाँउ कार्यपालिकाको कार्यालयमा सम्पन्न वैठकमा पाणिनि गाँउ पालिका भरको समग्र खोपको अवस्थावारे सम्बन्धित पक्षलाई जानकारी गराईएको छ । यसरी आगामी दिनमा स्थानीय सरकार प्रमुख तथा प्रतिनिधिको स्वास्थ्य संस्था प्रतिको भूमिका कसरी रहने लगायत विषयमा महत्वपुर्ण विषयवस्तुले प्रवेश पाएको छ ।

May be an image of 9 people and people studying1

राष्ट्रीय खोप कार्यक्रमको विषयमा स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत राम प्रसाद गौतमले जानकारी गराउनु भएको थियो । स्वास्थ्य संस्था स्तर वाट संचालन गर्नु पर्ने क्रियाकलाप र अनुमानित आवश्यक वजेट आगामी कार्य योजना वारे पटौटी स्वास्थ्य चौकी प्रमुख गणेश प्रसाद घिमिरेलें जानकारी गराउनु भएको थियो ।

May be an image of 10 people and text

पाणिनि गाँउ पालिकाको पुर्णखोपको अवस्था र पुर्णखोपको लागी सम्पन्न गरिएका क्रियाकलाप वारे स्वास्थ्य शाखा का सह-संयोजक अधिकृत छैठौँ राम प्रसाद घिमिरे वाट भएको थियो । पाणिनि गाँउ पालिका को स्वास्थ्य अवस्था र पुर्णखोप कार्यक्रमको उद्देश्यवारे स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे जानकारी दिनु भएको थियो ।

May be an image of 7 people, people studying and people smiling

पाणिनि गाँउ पालिका वडा नं १ देखी ८ सम्मका १६ महिना देखी २३ महिना सम्मका वच्चा २७६ जना रहेको र २७२ जना वच्चाहरुले १५ महिना मुनी पाउनुपर्ने सवै खोप लगाएको पाईएको अवस्थामा स्वास्थ्य शाखाद्धारा भएको घरधुरी अनुगमन को क्रममा पछि ४ जना छुट भएको पाईएको छुट भएका वच्चाहरुले पनि छुटखोप

May be an image of 6 people, people studying and table1

पाईसकेकोले अव पाणिनि गाँउ पालिका यस वर्ष पुर्णखोप युक्त पालिका रहेको ठहर गर्दै जिल्ला खोप समन्वय समिति लाई अनुगमन को लागी अनुरोध गर्ने निर्णय भएको छ भने सवै वडाहरुलाई पुर्णखोप वडा घोषणा को लागी अनुमति दिएको छ ।

May be an image of 9 people and people studying

पाणिनि गाँउ पालिकामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिव नारायण कोईराला,जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत राम प्रसाद गौतम,कोल्डचेन सुपरवाईजर सुजन गौतम,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा गौतम,प्रमुख प्रशासकीय अधिकृत हुमलाल

May be an image of 2 people and text

भुसाल,स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे,स्वस्थ्य शाखा सह-संयोजक राम प्रसाद घिमिरे,आठवटै वडा अध्यक्ष र स्वास्थ्य चौकि ईन्चार्ज,कार्यपालिका सदस्य,स्वतन्त्र पत्रकार डिआरजी सुमन को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 तस्वीर : डिआरजी सुमन,दुर्गाफाँट ,अर्घाखाँची डटकम् ।

May be an image of 9 peopleMay be an image of 6 people, people studying and tableMay be an image of 8 people and people studying