पाणिनिमा दलित शसक्तिकरण सम्बन्ध पालिका स्तरीय दुई दिने तालिम संचालन, तालीम पश्चात् पालिका स्तरीय समिति गठन (तस्बिर सहित )

डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । पाणिनि गाँउ पालिकाको आयोजना र सिडिएम कन्सल्टेंसी एण्ड रिसर्च सेन्टर प्रा.लि. को प्राविधिक सहयोगमा सामाजिक समावेशीकरण तथा मुल प्रवाहिकरण कार्यक्रम अन्तर्गत दुई दिने दलित विशेष कार्यक्रम अन्तर्गत दलित शसक्तिकरण सम्बन्ध पालिका स्तरीय दुई दिने तालिम उद्घाटन भएको छ ।

May be an image of 3 people and people smiling

पाणिनि गाँउ पालिकाको सभाहलमा उद्घाटित दुईदिने तालिमको पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालको अध्यक्षता, पाणिनि गाँउ पालिका

May be an image of 7 people and people studying

अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यता, सिडिएम कन्सल्टेंसी एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रवन्धक धर्मराज घिमिरेको संचालनमा कार्यक्रमक उद्घाटन भएको छ ।

May be an image of 5 people and people studying

पाणिनि गाँउ पालिका सभाहलमा आयोजित कार्यक्रममा ४८ जना प्रशिक्षार्थीलाई तालिम प्रदान गर्नको लागी प्रशिक्षकको भूमिका जीवन परियार र प्रेम परियारले निर्वाह गर्नु भएको थियो ।

May be an image of 4 people and people smiling

पाणिनि गाँउ पालिकाभर दलित शसक्तीकरणको मुल प्रवाहीकरण गर्ने उद्देश्यले पाणिनिका आठवटै वडामा सम्पन्न एकदिने तालिममा ४२० जनालाई लक्षित गरिएको भएता पनि तालिम अवधिमा ५७२ जनाले वडा स्तरमा सम्पन्न कार्यक्रममा तालिम प्राप्त गरेका जनाईएको छ ।

May be an image of 6 people and people studying

पाणिनि गाँउ पालिका स्थित प्रत्येक वडामा ९ देखी १३ को वडा समिति गठन प्रक्रिया सम्पन्न भए लगत्तै पालिक स्तरीय १३ देखी १९ जनाको गठन हुने गरी तयारी रहेको वताईएको छ ।

May be an image of 3 people, people studying and text

पालिका स्तरिय समितिको पदाधिकारी छनौट प्रक्रियामा न्यूनतम मापदंड वडावाट सिफ़ारिश ५ जना मध्येवाट उम्मेद्धारी दिन पाउनेगरी व्यावस्था रहेको सिडिएम कन्सल्टेंसी एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रवन्धक धर्मराज घिमिरेले जानकारी गराउनु भएको छ ।

तस्वीर : डिआरजी सुमन,दुर्गाफाँट,अर्घाखाँची डटकम् ।

May be an image of 8 people and people studyingMay be an image of 12 people and people studyingMay be an image of 8 peopleMay be an image of 3 people and people smilingMay be an image of 5 people and people studying