पाणिनिमा स्वास्थ्य कर्मी,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय शिक्षक लागी आँखा,नाक,कान,घाटि तथा मुख स्वास्थ्य सम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न ।(तस्बिर सहित)

– डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । पाणिनि गाँउ पालिका स्थित प्रत्येक वडावाट ४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र पाणिनिमा संचालित प्रत्येक माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै एक-एक जना शिक्षक गरी ४८ जना सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 5 people and people studying

स्वास्थ्य कर्मीको लागी आँखा, नाक, कान, घाटि तथा मुख स्वास्थ्य सम्बन्धी समस्याहरुको पहिचान उपचार तथा व्यवस्थापन र प्रेषण सम्बन्धित ज्ञान र सिपमा अभिवृद्धि

May be an image of 5 people and people studying

गराउने तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका एवं विद्यालय शिक्षक लागी सोही अनुसार स्वास्थ्य प्रवर्द्धन सम्बन्धि सचेतना अभिवृद्धि गरी विद्यालय तथा समुदाय

May be an image of 6 people and people studying

स्तरमा तत् सम्बन्ध सकरात्मक सुचना प्रवाह गरी सामुदायको स्वस्थकर आनिवानी तथा व्यवहारिक परिवर्तनको उद्देश्यका साथ आयोजना गरिएको एकदिवसी अभिमुखीकरण कार्यक्रम दुर्गाफाँटमा सम्पन्न भएको छ ।

May be an image of 10 people and people studying

पाणिनि गाँउ पालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, सह – संयोजक राम प्रसाद घिमिरेको सहजीकरणमा संचालित कार्यक्रमको दोस्रो चरणका ४६ जना सहभागीलाई आँखा, नाक,कान, घाटि तथा मुख स्वास्थ्य सम्बन्धी आधारभूत प्रशिक्षण गराउदै तत्काल आवश्यक प्राथमिक उपचारको प्रक्रिया वारे जानकारी गराउनु भएको छ ।

May be an image of 6 people and people studying

यस्तै स्वास्थ्य कर्मी तहको अभिमुखीकरण जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल अधिकृत डा.नमस्या वस्याल पहिलो चरणका २० सहभागीलाई सहजीकरण गर्नु भएको थियो ।

तस्वीर : डिआरजी सुमन,अर्घाखाँची डटकम् ।

May be an image of 2 people, people studying, table and textMay be an image of 5 people and people studying

अन्य समाचारहरु